Rule 105A
संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुुक्ति, पारिश्रमिक तथा सेवा शर्त सम्बन्धी व्यवस्था
(१) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति, पारिश्रमिक र सेवा शर्त सम्बन्धी व्यवस्था संस्थागत विद्यालयले प्रचलित कानून बमोजिम बनाउने आफ्नो विनियमद्वारा व्यवस्थित गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बनाउने विनियममा अन्य कुराको अतिरिक्त देहायका कुराहरु समेत उल्लेख हुनु पर्नेछः–
(क) नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुपको तलब,
(ख) स्थायी शिक्षक तथा कर्मचारीको हकमा तलबको दश प्रतिशत संचय कोषकट्टी गर्ने र सोही बराबरको रकम विद्यालयले थप गर्नु पर्ने व्यवस्था,
(ग) एक महिनाको तलब बराबरको वार्षिक चाडपर्व खर्च,
(घ) शिक्षक तथा कर्मचारीहरुले पाउने विभिन्न विदाहरु,
(ङ) अस्थायी नियुक्ति भएको शिक्षक स्थायी हुन सक्ने वा करारमा नियुक्ति भएको शिक्षक अस्थायी वा स्थायी नियुक्ति हुन सक्ने शर्त तथा प्रक्रिया,
(च) शिक्षकको विभागीय कारबाही सम्बन्धी व्यवस्था ।
(३) यस नियम बमोजिम विनियम नबनाउने, शिक्षकलाई नियुक्तिपत्र नदिने तथा तलब र सुविधा उपलब्ध नगराउने संस्थागत विद्यालयलाई ऐन बमोजिम कारबाही गरिनेछ ।